चुनौती
- निर्देशनालय र अन्तर्गतका कार्यालयहरुमा दरवन्दी अनुसारका कर्मचारीहरुको पदपूर्ति नहुँदा प्रभावकारी रुपमा कार्य सम्पादनमा कठिनाई रहेको,
- अनुगमन कार्यका लागि न्यून बजेटका कारण कार्यक्रमहरुको अनुगमन गर्न कठिनाई रहेको,
- निर्देशनालय र अन्तर्गतका कार्यालयहरुमा अति पुराना पटक पटक मर्मत गरिरहनु पर्ने न्यून सवारी साधन र बजेट अभावको कारण अनुगमन गर्न कठिनाई रहेको,
- वन तस्करहरु अत्याधुनिक हात हतियारले सुसज्जित हुनु र वन संरक्षणका कार्यमा खटिने कर्मचारीहरुसंग पुराना हतियार र लठ्ठी मात्र हुनु,
- लोडसेडिङको विकल्पमा कार्यालयहरुमा विद्युतीय उर्जाको व्यवस्था नहुनु,
- राजनैतिक दलसंग आबद्ध कार्यकर्ताहरुद्वारा वन अतिक्रमण हुने कारणले अतिक्रमणकारीहरुबाट जग्गा प्राप्त गर्न कठिनाई,
- यस क्षेत्र अन्तर्गत तराई र चुरे क्षेत्रका जिल्ला वन कार्यालयहरुमा लामो समय देखि स्थानीय कर्मचारीहरु कार्यरत रहनु ।
- सडक, सिंचाई, विद्युत, विश्वविद्यालय जस्ता संस्थाहरुले वन क्षेत्र भित्र क्रियाकलाप संचालन गर्नु,
- वातावरण, विकास र जनसंख्या बीचको संतुलन नहुनु,
- वन क्षेत्रबाट अनियन्त्रित ढुङ्गा, गिट्टी र वालुवा संकलन,
- दिगो वन व्यवस्थापन क्रमबद्ध रुपमा नहुनु,
- जलवायु परिवर्तन र अनुकूलनका पर्याप्त कार्यक्रम संचाललनमा नआउनु,
- कानूनमा समय सापेक्ष सुधारको कमी,
- मानव, वन्यजन्तु र वन बीचको द्वन्द्व
- विकराल भू–क्षय
- वन पैदावारको माँग र आपूर्ति बीचको संतुलनमा ठूलो कमी,
- कमजोर भौतिक संरचना र न्यून साधन श्रोत