हाम्रो बारेमा

Home हाम्रो बारेमा
हाम्रो बारेमा

सन्तुलित विकासको अवधारणा अनुसार नेपाल राज्यलाई पाँच विकास क्षेत्रहरूमा विभाजन गरी प्रत्येक क्षेत्रमा क्षेत्रीय कार्यालयहरूको स्थापना गर्ने उद्देश्यअनुरूप यस पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालय, विराटनगरको स्थापना वि.सं. २०४० मा भएको हो । यस निर्देशनालय मातहत हाल १६ वटा जिल्ला वन कार्यालयहरू, १३ वटा भू–संरक्षण कार्यालयहरू, ३ वटा राष्ट्रिय निकुञ्ज तथा आरक्ष कार्यालयहरू, १ संरक्षण क्षेत्र, १ जिल्ला वनस्पति कार्यालय, १ जडीबुटी उत्पादन तथा प्रशोधन कं. लि. को इकाइ, १ वृक्षारोपण आयोजना, २ टि.सि.एन. कार्यालयहरू र पूर्वाञ्चल क्षेत्रीय वन तालिम केन्द्र रहेका छन् । जनसंख्या वृद्धिसंगै तराई क्षेत्रमा बसाई सराई बढ्दो छ । यस क्षेत्रका खासगरी झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा र उदयपुर जिल्लामा जनसंख्याको चापको साथसाथै विकास निर्माणका कारण वन क्षेत्रमा नकारात्मक प्रभाव परेको देखिन्छ । खासगरी वन अतिक्रमण, वन डढेलो, अवैज्ञानिक कृषिपद्धति, भूक्षय, वाढी, पहिरो, नदी कटान, सिमसार क्षेत्रको ह्रास, वन्यजन्तुको वास स्थानमा ह्रास तथा चोरी शिकारी, जडिबुटी विनास, सिमापारमा हुने वन पैदावारको तस्करी जस्ता समस्याले वन क्षेत्रको हैसियत विग्रिदै र वन क्षेत्र खुम्चिदै गएको पाइन्छ, यी समस्याहरु लाई समाधान गर्न वन तथा भू–संरक्षण मन्त्रालय अन्तर्गतको ५ वटै विभाग मातहतका जिल्ला स्थित र फिल्ड स्तरका कार्यालयहरुबाट वन क्षेत्रको संरक्षण, सम्वद्र्धन र दिगो उपयोगका कार्य भैरहेको छ । यी कार्यालयहरुबाट सम्पादन हुने कार्यहरुको अनुगमन तथा मूल्यांकन गरी देखापरेका समस्याहरु समाधान गर्दै नीतिगत तहमा सुझाव समेत दिन क्षेत्रीय वन निर्देशनालयको स्थापना भएको हो ।